सांसद पौडेलको प्रश्न : न्यु मिडियालाई कसरी नियमन गर्नुहुन्छ, मन्त्रीज्यू ?
सारांश
- सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताए।
- उनले भ्रामक सूचना प्रसारण गर्ने सञ्चारमाध्यमलाई कडा कारबाहीको व्यवस्था आवश्यक रहेको बताए।
- सांसद पौडेलले मिडियालाई नियमन गर्न नसके समाजमा अराजकता बढ्न सक्ने बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद पौडेलले नयाँ सञ्चार माध्यम (न्यु मिडिया) का नाममा सूचना सम्प्रेषणका हकमा नागरिकमाथि अनावश्यक हस्तक्षेप हुनु नहुने बताएका हुन् ।
उनले जनतालाई सूचनाको हक प्रदान गर्ने विषयमा मिडियालाई राज्यले निर्देशित गर्न नहुने बताए । उनले भ्रामक सूचना प्रसारण गर्ने सञ्चारमाध्यमलाई कडा कारबाहीको व्यवस्था आवश्यक रहेको धारणा राखे ।
सांसद पौडेलले विधेयक आवश्यक भए पनि त्यसमा सच्याउनुपर्ने महत्त्वपूर्ण बुँदाहरू रहेको भन्दै सुधार गर्न सरकारलाई आग्रह गरे । मिडियालाई नियमन गर्न नसके समाजमा अराजकता बढ्न सक्ने उल्लेख गर्दै सांसद पौडेलले विधेयकलाई समृद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।
उनले भन्नुभयो, ‘न्यु मिडियालाई कसरी नियमन गर्नुहुन्छ मन्त्रीज्यू ? सूचना लिने र दिने नागरिकको हक कसैबाट निर्देशित हुनुहुँदैन । त्यसका लागि काउन्सिललाई स्वायत्त बनाएर स्वतन्त्र र निष्पक्ष व्यक्तिलाई ल्याउनुपर्छ जसले सरकार तथा अन्य मिडियामाथि निगरानी गर्नुपर्छ । सूचनाको हकसँग सम्बन्धी भएको हुनाले नागरिकले सूचना पाउने कुरामा राज्यको निर्देशन हुनुपर्छ । यदि कसैले त्यस्तो भ्रमित र भ्रम सूचना प्रसारण/प्रकाशन गर्नेलाई दण्डित गर्नुपर्छ । लेनदेनमा कुरा नमिलेको र व्यक्तिलक्षित निरन्तर समाचारहरू आउनुपर्छ । यसबारे गम्भीर दिनुपर्छ । मिडियालाई नियमन गर्न सकिएन भने समाजमा अराजकता बढेर जान्छ । यो विधेयकमा सच्याउने कुराहरू सच्याउनुपर्छ । यो विधेयक आवश्यक छ ।’
पत्रकारिताको क्षेत्रमा आएका परिवर्तन एवं प्रविधिमा भएको विकासको प्रयोगलाई आत्मसात् गरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गरी सक्षम निकायको रूपमा विकास गर्न उक्त विधेयक सरकारले अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण