सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

निर्वाचन आयोगलाई रास्वपाको प्रश्न– पदाधिकारी हेरफेर सम्बन्धी अध्यावधिकमा किन ढिलाइ ?

आइतबार, ०४ साउन २०८२, १३ : ४६
आइतबार, ०४ साउन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी हेरफेरबारे निर्वाचन आयोगमा चासो व्यक्त गर्यो।
  • आयोगले कागजात अध्ययन भइरहेको जनाएको छ, जसका कारण अध्यावधिको प्रक्रियामा ढिलाइ भएको छ।
  • रास्वपाले महामन्त्री र प्रवक्ता परिवर्तन गरेको निर्णयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) ले पदाधिकारी हेरफेरसम्बन्धी पार्टीले गरेको निर्णय अध्यावधि नभएको विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग चासो राखेको छ ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, कानुन विभागका सदस्यहरूले आइतबार आयोग पुगेर अध्यावधि ढिलाइ भएकोप्रति चासो व्यक्त गरेका हुन् । यस विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कागजात अध्ययनकै क्रममा रहेकाले अध्यावधि गर्न ढिलाइ भएको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए । 

‘पदाधिकारी हेरफेरसम्बन्धी निर्णय अध्यावधिमा भएको ढिलाइप्रति निर्वाचन आयोगका पदाधिकारीसँग कानुन विभाग सदस्यहरू र मैले छलफल गर्‍यौँ । कागजात नपुगेको भए भन्नोस् भन्दा उहाँहरूले अध्ययन गर्दैछौँ भन्नुहुन्छ । छिट्टो अध्यावधि गर्नोस् भनेका छौँ । यही त हो नि सिस्टमले राम्रोसँग काम नगरेपछि ढिलाइ हुने नै भयो’, रातोपाटीसँग उनले भने । 

असार ७ गते रास्वपाले महामन्त्री बुर्लाकोटी र प्रवक्ता मनिष झालाई बनाउने निर्णय गरेको थियो । तर पार्टीको निर्णयलाई चुनौती दिँदै पूर्व महामन्त्री डा.मुकुल ढकालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले आफू नै रास्वपाको महामन्त्री रहेको दाबी गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप