आयोग पुगेका राप्रपा नेता गिरी भन्छन्– ‘ममाथि अन्याय भयो’
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खास्त गरेपछि उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा उजुरी लिएर पुगे।
- गिरीले पार्टी विधानविपरीत पदाधिकारीलाई पदमुक्त गरिएको भन्दै आफूमाथि अन्याय भएको गुनासो गरे।
- उनले पार्टी एकताका लागि विधानसम्मत निर्णय हुनुपर्ने र आफूमाथि भएको अन्याय सच्याउनुपर्ने माग गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खास्त गरेका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुगेका छन् । आइतबार उनीसहित केही नेताहरू लिएर उपाध्यक्ष गिरी निर्वाचन आयोगमा उजुरी दर्ता गराउन पुगेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल भएको र पार्टीको विधानअनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरीत पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई क्रमशः निलम्बन गर्ने वा पदमुक्त गर्ने प्रक्रिया गलत भएको बताए । उनले आफ्नो राजनीतिक जीवन र जीवनभरको पार्टीप्रतिको लगानीलाई धुमिल पार्ने काम भएकाले आफू निर्वाचन आयोगमा आउनुपरेको स्पष्ट पारे ।
उनले भने– ‘मलाई अन्याय भएको हुनाले मेरो राजनीतिक जीवनमा उतारचढाव आउन सक्ने र मेरो जीवनभरको पार्टीप्रति लगानीलाई धुमिल गर्न खोज्नुभएको कारणले निर्वाचन आयोगमा म प्रति गरेको अन्यायको निवेदन दिएको छु । पार्टीको नेतृत्व र अध्यक्षज्यूले यसरी गरिएका सम्पूर्ण निर्णयहरू विधानतः नभएका कारणले सुधार गर्नुपर्छ, पार्टीमा एकता कायम गर्नुपर्छ । एकजुट भए मात्रै सिद्धान्त प्राप्त गर्न सक्छौँ । आफूले गरेका कमजोरी सच्याएर पार्टीमा एकता कायम गर्न पहल गर्नुस् ।’
गिरीले पार्टी सञ्चालनका क्रममा देखिएका समस्या समाधान नगरी एकता हुन नसक्ने र एकता नभई उद्देश्य प्राप्ति हुन नसक्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण