पत्रकारिताको नाममा भएको अराजकता रोक्नुपर्छ : सांसद शर्मा
आइतबार, ०४ साउन २०८२, १५ : १६
सारांश
- नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सञ्चारमाध्यम स्वनियमनमा जानुपर्ने सुझाव दिइन्।
- उनले पत्रकारिताको नाममा भइरहेको अराजकता रोक्नुपर्ने बताइन् ।
- सांसद शर्माले सबै सञ्चारमाध्यमलाई समेट्ने नियामक निकाय आवश्यक रहेको बताइन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने सुझाव दिएकी छन् । आइतबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शर्माले सबैका संस्कार, आचरण, सबैका नकारात्मक कुराहरूमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र आफैँ अराजक भए त्यसले समाजमा राम्रो नगर्ने बताएकी हुन् ।
पत्रकारिताको नाममा भएको अराजकता रोक्नुपर्ने उनको भनाई थियो । सांसद शर्माले भनिन्– ‘सकेसम्म स्वनियमनमा जानुपर्छ । पत्रकारहरू आफैँ आफ्नो आचारसंहितामा जानुपर्छ । सबैका संस्कार, आचरण, सबैका नकारात्मक कुराहरूमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र छ । त्यो आफैँ फेरि अराजक भयो भने त्यसले राम्रो गर्दैन समाजमा ।’
सांसद शर्माले सबै खाले सञ्चारमाध्यमलाई समेट्न सक्ने नियामक निकाय आवश्यक रहेको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण