नेता गिरीलाई पदमुक्त गर्ने निर्णय सच्याउन माग
सारांश
- राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदबाट हटाउने निर्णयप्रति वरिष्ठ नेताहरूले दुःख व्यक्त गरे।
- वरिष्ठ नेताहरूले गिरीलाई स्पष्टीकरणको मौका नदिई पदमुक्त गर्नुलाई प्रजातान्त्रिक छविलाई क्षति पुर्याएको बताए।
- पार्टी नेतृत्वलाई गल्ती सच्याउन र गिरीलाई पूर्ववत् पदमा कायम राख्न नेताहरूले ध्यानाकर्षण गराए।
काठमाडौँ। राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई विधानविपरीत पदबाट हटाउने निर्णयलाई पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्रीद्वय डा. धवल शम्सेर राणा तथा कुन्ती कुमारी शाहीले दुःखद घटना भनेका छन्।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गिरीलाई स्पष्टीकरणको मौकासमेत नदिई पदमुक्त गरिनुले पार्टीको प्रजातान्त्रिक छविलाई आँच पुर्याएको भन्दै आपत्ति जनाएका हुन्।
‘यो स्वेच्छाचारिता अस्वीकार्य छ र यसले पार्टी एकता, आन्तरिक प्रजातन्त्र र विधिको शासनमा अवरोध पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस एकलौटी कार्यले देशभरिका पार्टीका साथीहरू र शुभेच्छुकहरूलाई दुखित एवं चिन्तित तुल्याएको छ।’
नेतात्रयले पार्टी नेतृत्वलाई गिरीलाई पदमुक्त गर्ने गल्ती सच्याउन र उहाँलाई पूर्ववत् पदमा कायम राख्न ध्यानाकर्षण गराएका छन्। उनीहरूले गिरीले पार्टी हितमा आफ्नो जीवनको ऊर्जाशील समय व्यतीत गरेको र गत महाधिवेशनदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराएका छन्।
विज्ञप्तिमा सबैलाई पार्टीको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरिएको छ। यसलाई समयको माग र चुनौतीको रूपमा लिँदै एकआपसमा विश्वास गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
_MdPq6BWQhR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण