बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूको आन्दोलन स्थगित

आइतबार, ०४ साउन २०८२, १७ : ०३
आइतबार, ०४ साउन २०८२

सारांश

  • मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
  • विश्वविद्यालय प्रशासनसँगको वार्तामा सहमति भएपछि आन्दोलन स्थगित भएको हो।
  • आंशिक शिक्षकहरूको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन अनुसार सहमति कार्यान्वयन हुनेछ।

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा लामो समयदेखि आन्दोलन गरिरहेका आंशिक प्राध्यापकहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन्। 

विश्वविद्यालय प्रशासनसँगको वार्तामा सहमति जुटेपछि उनीहरूले आइतबारदेखि आन्दोलन स्थगित गरेका हुन् । विश्वविद्यालयद्वारा गठित वार्ता समिति र आंशिक प्राध्यापक सङ्घबिच भएको औपचारिक वार्ताबाट सहमति कायम भएको हो। 

विश्वविद्यालयको समितिले पेस गरेको ‘विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरूको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन–२०८२’ बमोजिम सहमति कार्यान्वयन हुने गरी आन्दोलनका कार्यक्रम फिर्ता लिइएको सङ्घले जनाएको छ।

वार्ता समितिले सहमति कार्यान्वयनका लागि सहमतिको दस्ताबेज विश्वविद्यालयका प्रमुख पदाधिकारीहरूलाई हस्तान्तरण गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप