‘न्यायिक हिरासतमा परेका व्यक्तिलाई पुनः प्रहरी हिरासतमा राख्नु मानव अधिकार विपरीत’
सारांश
- सांसद सोविता गौतमले राज्यका निकायबाट मानव अधिकार उल्लङ्घन भइरहेको बताइन्।
- उनले सामाजिक सञ्जालमा टिप्पणीका आधारमा पक्राउ गरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाइन्।
- गौतमले न्यायिक हिरासतमा परेका व्यक्तिलाई पुनः प्रहरी हिरासतमा राख्ने अभ्यासको विरोध गरिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरूबाटै व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गरेकी छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको बताएकी हुन् ।
सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाइन्। उनले भनिन्, ‘पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण भएको हो कि जस्तो प्रश्नहरू आइरहेको छ । सामाजिक सञ्जालमा टिप्पणी गरेको आधारमा गिरफ्तारी गर्ने, मुद्दाहरू चलाउने कुराहरू पनि मानव अधिकारको प्रतिवेदनमा समेटेर जानुपर्छ । त्यसका लागि आवश्यक तयारी पनि गर्नुपर्छ ।’
उनले थपिन्, ‘अनि अदालतमा लैजानु पूर्व पनि धेरै मानव अधिकार उल्लङ्घन भएको हामीले महसुस गरेका छौँ । एक चोटि न्यायिक हिरासतमा गइसकेको मान्छेलाई फेरी प्रहरी हिरासतमा राख्ने कुरालाई संसारको कुनै पनि मानव अधिकारले यो सही छ भनेर भन्दैन । तर हाम्रो नेपालमा त्यो अभ्यास भइरहेको छ । यो पेचिलो विषय छ ।’
उनले मानव अधिकार उल्लङ्घन रोक्न आवश्यक कानुनी सुधार गर्न पनि आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण