बुधबार, १३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘हट६०आई’ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य मात्र १४ हजार ९९९

आइतबार, ०४ साउन २०८२, २१ : २३
आइतबार, ०४ साउन २०८२

काठमाडौँ । इन्फिनिक्स नेपालले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हट६०आई सार्वजनिक गरेको छ ।

फोनको मूल्य सुरुवातमा रु. १४,९९९ तोकिएको छ । हट६०आई मा रहेको ४५ वाट फास्ट चार्जिङ र ५१६० एमएएचको पाँच वर्ष टिक्ने ब्याट्री यसका मुख्य आकर्षण हुन्।

साथै, फोनमा हेलियो जी८१ अल्टिमेट चिपसेट, वान ट्याप इन्फिनिक्स एआई, जाइरोप्रो नेभिगेसन, र स्टाइलिस ट्रिपल क्यामेरा सेटअप जस्ता विशेषताहरू रहेका छन्। ७.७ एमएको स्लिम बडी र रंगीन डिजाइनले फोनलाई हेर्दा झन् आकर्षक बनाएको छ।

हट६०आई दुई फरक भेरियन्टमा उपलब्ध छ –६ जीबी र्‍याम प्लस १२८ जीबी स्टोरेज (मूल्य रु. १५,९९९) र ४जीबी र्‍याम प्लस १२८ जीबी  स्टोरेज (मूल्य रु. १४,९९९) ।
फोनसँगै १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपल्ट स्क्रिन फ्री चेन्ज (पानी क्षति बाहेक) को सुविधा पनि उपलब्ध गराइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप