१० बजे १० समाचार : ओली–विद्या ‘वान–टु–वान’ भेटवार्ता, शेखरको सक्रियताले नयाँ गठबन्धन बन्ला ?
आज २०८२ साउन ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा च्यासलमा ओली–विद्या ‘वान–टु–वान’ भेटवार्ता, शेखरको दौडधुप ः नयाँ सत्ता गठबन्धन कति सम्भव ?, मधेसका पूर्वप्रदेश प्रमुख पक्राउ, ‘कुलिङ पिरियड’को विपक्षमा एमालेका पाँच सांसदको संशोधन प्रस्ताव, मुख्यसचिवसहित यी हुन् यस वर्षमा अवकाशमा जाने उच्च कर्मचारी, कारबाहीविरुद्ध निर्वाचन आयोगमा पुगे राप्रपा नेता गिरी लगायत छन् ।
१. च्यासलमा ओली–विद्या ‘वान–टु–वान’ भेटवार्ता
नेकपा एमालेको मुख्यालय, च्यासलमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आइतबार दुई घण्टासम्म ‘वान–टु–वान’ भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि ओलीसँग पहिलो पटक पार्टी कार्यालयमै पुगेर छलफल गरेकी हुन् ।
२. शेखरको दौडधुप : नयाँ सत्ता गठबन्धन कति सम्भव ?
कांग्रेस नेता डा. शेखर कोइरालाले पछिल्लो समय राजनीतिक धौडधुप बढाएका छन् । खासगरी प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको भेटलाई लिएर नयाँ सत्ता गठबन्धनको सम्भावनाबारे विश्लेषण हुन थालेको छ ।
३. मधेसका पूर्वप्रदेश प्रमुख पक्राउ
मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज पक्राउ परेका छन् । बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट प्रहरीले पक्राउ गरेको हो ।
४. ‘कुलिङ पिरियड’को विपक्षमा एमालेका पाँच सांसदको संशोधन प्रस्ताव
निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा चलखेल भएकोबारे चर्चा सेलाउन नपाउँदै सत्तारुढ दल नेकपा एमालेका पाँच सांसदले उक्त प्रावधानविरुद्ध संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
५. मुख्यसचिवसहित यी हुन् यस वर्षमा अवकाशमा जाने उच्च कर्मचारी
मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडीसहित १७ जना सचिव यस आर्थिक वर्ष अनिवार्य अवकाशमा जाँदैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)को रेकर्डअनुसार मुख्यसचिवसहित १६ जना सचिव अनिवार्य अवकाशमा जान लागेका हुन् ।
६. कारबाहीविरुद्ध निर्वाचन आयोगमा पुगे राप्रपा नेता गिरी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खास्त गरेका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुगेका छन् । आइतबार केही नेताहरू लिएर गिरी निर्वाचन आयोगमा उजुरी दर्ता गराउन पुगेका हुन् ।
७. अन्ततः प्रधानमन्त्री ओलीको भारत भ्रमण तय
अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । उनी सेप्टेम्बर १६ का दिन भारत जाने भएका हुन् । उनको भारत भ्रमण टुङ्गो नलागेको भन्दै लामो समयदेखि कूटनीतिक असफताका रूपमा चर्चा हुँदै आएको थियो ।
८. संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक किन प्रमाणीकरण भएन ?
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयक’ संघीय संसद्का दुवै सदनले पास गरेर पठाएको पाँच दिनसम्म पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छैनन् । असार ३२ गते सभामुख देवराज घिमिरेले संशोधन विधेयक राष्ट्रपतिकहाँ पठाएका थिए । विधेयकका केही प्रावधानबारे राष्ट्रपतिले गम्भीरताका साथ चासो राखेको स्रोत बताउँछ ।
९. उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
१०. चलचित्रमा नयाँ कलाकारको प्रभाव कति ?
नेपाली चलचित्रमा नयाँ कलाकार भित्रिँदै गएका छन् । नयाँ कलाकार भित्र्याउनु चुनौतीपूर्ण हुने भए पनि विभिन्न फिल्मका निर्माता–निर्देशकले नयाँ कलाकारलाई मुख्य भूमिकामा भित्र्याएका छन् । नेपाली फिल्ममा नयाँ कलाकारको अवस्था के छ भन्नेबारे रातोपाटीले तयार पारेको विशेष सामग्री–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण