विद्या पुगेको आधा घण्टापछि च्यासल पुगे अध्यक्ष ओली (तस्बिरहरु)
काठमाडौं । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी करिब १० वर्षपछि पहिलो पटक एमाले कार्यालय पुगेकी छन् ।
राष्ट्रपति बनेपछि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएकी भण्डारी आज दिउँसो एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी हुन् । भण्डारी च्यासल पुग्दा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयमा सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए ।
_C77I1osETG.jpg)
भण्डारी च्यासल पुगेको आधा घण्टापछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि च्यासल पुगेका छन् । ओली च्यासल पुगेसँगै दुई नेताबिच छलफल सुरु भएको छ ।
_JMvfLC4EM6.jpg)
२०७२ साल कार्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन भने दोस्रो कार्यकाल समेत गरेर उनी २०७९ फागुन अन्तिमसम्म शीतलनिवासमा बसेकी थिइन् । केही समय अगाडि एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीका बारेमा एमाले बैठकमा पक्ष विपक्षमा बहस भएको थियो ।
त्यस क्रममा उनको सदस्यता नवीकरण सक्रियताबारे नेताहरूबिच विवाद भएपछि छिनोफानो गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको थियो । बैठकले भण्डारीसँग संवाद गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएपछि भण्डारी अध्यक्ष ओलीसँग छलफल गर्न च्यासल पुगेकी हुन् । एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाएर भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने प्रयत्न भएको भन्दै भण्डारी पक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।
_1VUHafFs7u.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण