च्यासलमा ओली र विद्याको २ घण्टा : ‘बडी ल्याङ्ग्वेज सकारात्मक’
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच २ घण्टा वार्ता भयो।
- भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिबारे बहस चलिरहेका बेला भेट भएको हो।
- भेटवार्ता सकारात्मक भएको र दुवै नेताको बडिल्याङ्ग्वेज पनि सकारात्मक रहेको बताइएको छ।
काठमाडौैं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ ।
पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल भएको हो ।
भेटपछि पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन् ।
भेटवार्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यस्तो बताएकी हुन् । उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट हुने समेत बताइन् ।
पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आज ओली र भण्डारीबिच छलफल भएको हो ।
यद्यपि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दुई नेताबिचको छलफल सकारात्मक भएको बताए ।
‘उहाँहरूबिच झन्डै २ घण्टा वान टु वान कुराकानी भएको हो । थापाले दुई नेताको भेटपछि भने, ‘ उहाँहरू दुवैको बडिल्याङ्ग्वेज सकारात्मक छ ।’
२ घण्टाको भेटवार्तापछि च्यासलबाट निस्कने क्रममा दुवै नेताको अनुहार हसिँलो देखिन्थ्यो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण