डा. शेखर कोइरालाले किन राखे एकै दिन दुई भेला ?
सारांश
- डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरे।
- उनले पार्टीभित्रको आफ्नो समूहका नेताहरूसँग दुई चरणमा भेटघाट गर्दै अनुशासन समितिको कारबाहीबारे ब्रिफिङ गरे।
- भेटमा सहभागी सांसदहरूले सत्ता गठबन्धन परिवर्तन र दलको नेता परिवर्तनबारे छलफल नभएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्ला दिनमा सक्रियता बढाएका छन् । बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका डा. कोइरालाले शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे ।
प्रचण्डलाई उनकै निवास खुमलटार र पूर्वराष्ट्रपति भण्डारीलाई पनि स्वयं उनकै निवासमा भंगालमा पुगेर डा कोइरालले भेटे ।
शनिबार कसैसँग भेटघाट नगरेका कोइरालाले आइतबार भने कांग्रेसभित्र आफ्नो समूहका नेताहरूलाई दुई चरणमा भेटे । बिहान आफ्नो सम्पर्क कार्यालय विशालनगरमा केही नेतालाई भेटेका उनले दिउँसो दरबारमार्गस्थित याक एन्ड यती होटलमा केही नेतालाई भेटेका थिए ।
दुवै भेटमा कांग्रेसको अनुशासन समितिले बहुमतबाट गरेको अनुशासनको कारबाही तथा प्रचण्ड र भण्डारीसँगको भेटमा भएका कुराकानीबारे डा. कोइरालाले सदस्यहरूलाई ब्रिफिङ गरेका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । ‘आज दाइ (डा. शेखर) ले दुई चरणमा पार्टीभित्र आफूसँग निकटका नेताहरूसँग भेटघाट गर्नुभयो,’ थपलियाले रातोपाटीसँग भने, ‘छलफलको विषय मुख्यगरी पार्टीको अनुशासन समितिले बहुमतले गरेको कारबाहीको निर्णय र प्रचण्ड र पूर्वराष्ट्रपतिसँग भएको भेटको ब्रिफिङ थियो ।’
थपलियाका अनुसार बिहानको भेटमा उपसभापति धनराज गुरुङ तथा सांसदहरू हृदयराम थानी र रामकृष्ण यादवसहितका नेताहरू थिए । दिउँसोको भेटमा सुनिल शर्मा, कान्छाराम तामाङसहित सांसदहरू रहेका थपलियाले बताए । सानो–सानो समूहमा छलफल गर्ने नीतिअनुरुप चरण चरणमा भेटघाटको तालिका राखिएको उनको भनाइ थियो ।
बाहिर त संसदीय दलको नेता परिवर्तन गर्ने र सत्ता गठबन्धन उलटपुलट गर्ने हिसाबले कुराकानी आएको छ नि भन्ने रातोपाटीको प्रश्नमा थपलियाले भने, ‘त्यो मिडियाको कुरा हो । छलफलमा त्यसबारे कुरै भएको छैन । हामी अहिले त्यो खेलमा छैनौँ ।’
भेटमा सहभागी सांसद शर्माले आफूहरूको बैठक गठबन्धन परिवर्तनका लागि नभएको बताए । उनले गठबन्धन फेर्न परे के कस्तो असर पर्छ निर्क्यौल गरेर मात्रै पाइला चाल्ने बताए । ‘आजको छलफल सत्ता गठबन्धन परिवर्तन र दलको नेता परिवर्तनको विषयमा होइन,’ डा. शर्माले बैठकपछि सञ्चारकर्मीहरूसँग भने, ‘गठबन्धन अहिले नै हामीले ब्रेक गर्दा के के परिस्थिति उत्पन्न हुन्छन् । आगामी पार्टी अधिवेशन, निर्वाचनलाई कस्तो असर पर्छ त्यो विचारेर मात्रै हामी कदम चाल्छौँ । आज त्यो विषयको छलफल होइन ।’
उनले आजको छलफल अनुशासन समितिको कारबाहीसँग केन्द्रित रहेको जानकारी दिए । ‘पार्टीमा कोइरालाको लाइनलाई निर्ममतापूर्वक पेल्ने काम भइरहेको छ, त्यसविरुद्ध रणनीति बनाउन बैठक बसेका हौँ । देशैभरि सशक्त ढंगले लड्ने हाम्रो निष्कर्ष छ,’ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण