अमेरिकी टिभी स्टार एलेनको खुलासा : ट्रम्प पुनः निर्वाचित भएपछि बेलायत बसाइँ सरेँ
सारांश
- अमेरिकी टेलिभिजन प्रस्तोता एलेन डीजेनेरेसले डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि बेलायत बसाइँ सरेको खुलासा गरेकी छिन्।
- उनले बेलायतमा जीवन 'झन् राम्रो' भएको बताइन् र अमेरिकालाई 'आफ्नो वास्तविक पहिचान प्रकट गर्न चाहने मानिसहरूका लागि डरलाग्दो' देश भएको उल्लेख गरिन्।
- डीजेनेरेसले कार्यस्थलको विवाद र टक शो अन्त्य भएपछिको अनुभवबारे पनि कुरा गरिन्, आफू 'धेरै स्ट्रेटफर्वार्ड' भएको स्वीकार गर्दै उनले धेरै रिपोर्टलाई 'क्लिकबेट' को संज्ञा दिइन्।
लण्डन । चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता एलेन डीजेनेरेसले डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको भोलिपल्टै बेलायत बसाइँ सरेको खुलासा गरेकी छन्। ग्लोसेस्टरशायरस्थित चेल्टेनह्यामको एभ्रीम्यान थिएटरमा सञ्चारकर्मी रिचार्ड बेकनसँग कुराकानी गर्दै उनले बेलायतमा जीवन ‘झन् राम्रो’ भएको बताइन्।
६७ वर्षीया डीजेनेरेसले आफू र श्रीमती पोर्सिया डे रोसीले बेलायतमै पुनः विवाह गर्ने सोच बनाइरहेको उल्लेख गर्दै अमेरिका अझै पनि ‘आफ्नो वास्तविक पहिचान प्रकट गर्न चाहने मानिसहरूका लागि डरलाग्दो’ देश हुन सक्ने बताइन्। अमेरिकामा समलैंगिक विवाहको अधिकार खारेज गर्ने प्रयासहरू भइरहेकाले उनीहरू बेलायतमा सुरक्षित र स्वतन्त्र महसुस गरिरहेको बताइन्।
कार्यस्थलमा विषाक्त वातावरण रहेको आरोपका कारण सन् २०२२ मा अन्त्य भएको लामो समयको टक शोबारे पनि उनले बोलेकी छन्। उनले आफू ‘धेरै स्ट्रेटफर्वार्ड’ हुन सक्ने स्वीकार गरे पनि आफूविरुद्धका धेरै रिपोर्टलाई ‘क्लिकबेट’ को संज्ञा दिइन्।
तीन दशकसम्म अमेरिकी टेलिभिजनमा सबैभन्दा चर्चित नाममध्ये एक रहेकी एलेन ‘दि एलेन डीजेनेरेस शो’, ९० को दशकको ‘एलेन’ नामक सिटकम, ओस्कार, ग्रामी, एमी अवार्ड होस्टिङ र एनिमेटेड फिल्म फाइन्डिङ निमोकी डोरीको स्वरका लागि चिनिन्छिन्।
टक शो अन्त्य गरेपछि उनले २०२४ मा अमेरिका भ्रमणमा अन्तिम स्ट्यान्डअप टुर गरिन् र त्यसपछि ग्लोसेस्टरशायर तथा अक्सफोर्डशायर क्षेत्र समेटिएको ऐतिहासिक र सुन्दर कोटस्वोल्ड्स क्षेत्रमा घर खरिद गरिन्।
उनले सुरुमा वर्षको तीन–चार महिना मात्र बेलायत बस्ने योजना बनाएको बताइन्। उनले भनिन्, ‘साथीहरूले रुँदै इमोजी पठाएका सन्देशहरू भेट्यौँ। मैले भनेँ, ‘उनी फेरि जितेछन्। अनि हामीले भन्यौँ, ‘हामी यतै बस्छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण