अपडेट
पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो
सोमबार, ०५ साउन २०८२, १२ : ३६
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलका लागि बोलाएको छ।
- अख्तियारले यसलाई आधिकारिक पुष्टि गरेको छैन, तर प्रवक्ताले बोलाउनु सामान्य भएको बताए।
- गुप्तालाई अडियो काण्डमा उनको आवाजको बारेमा सोधपुछको लागि बोलाइएको हो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो काण्डमा विवादित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलको लागि बोलाएको छ । आयोगका एक अधिकारीका अनुसार उनलाई भोलिसम्म अख्तियार हाजिर हुन बोलाइएको हो ।
यद्यपि अख्तियारले यसलाई आधिकारिक पुष्टि भनेको गरेको छैन । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बोलाउनु ठुलो विषय नभएको बताए । ‘बोलाएको हुनसक्छ तर कहिले, कुन मितिमा बोलायो भन्ने अहिले भन्न सकिएन,’ उनले भने ।
अख्यितारका एक कर्मचारीका अनुसार भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका गुप्तालाई सोधपुछ‘ इन्क्वायरी’ को लागि बोलाइएको हो । अडियो काण्डमा उनको आवाजबारे सोधपुछ हुनसक्ने ती अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण