यी हुन् सरकारको धेरै लगानी भएका १० सार्वजनिक संस्थान
सारांश
- सरकारले सार्वजनिक संस्थानहरूमा ३ खर्ब ९५ अर्ब रुपैयाँ लगानी गरेको छ।
- सबैभन्दा धेरै लगानी नेपाल विद्युत् प्राधिकरणमा १ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ।
- अन्य संस्थानहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, र राष्ट्रिय वाणिज्य बैंक लगायत छन्।
काठमाडौँ । सरकारले सार्वजनिक संस्थानमा ३ खर्ब ९५ अर्ब १९ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ११८ संस्थानमा सो बराबरको लगानी गरेको हो ।
त्यसमध्ये संस्थापक शेयरमा ३ अर्ब ७३ करोड ६६ लाख, अग्राधिकार शेयरमा ९ अर्ब ७९ करोड तथा अन्तर्राष्ट्रिय संस्थाको शेयरमा ११ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर लगानी भएको छ ।
यसमध्ये सबैभन्दा धेरै लगानी भएको सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरण रहेको छ । प्राधिकरणमा कुल १ खर्ब ८१ अर्ब ३३ करोड लगानी रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब ७४ करोड, नेपाल टेलिकममा १६ अर्ब ४७ करोड, राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ६३ करोड र कृषि विकास बैंकमा १३ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको देखिएको छ ।
त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीमा १२ अर्ब ४७ करोड, नेपाल आयल निगममा १० अर्ब ९४ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषमा ९ अर्ब, नेपाल बैंक लिमिटेडमा ७ अर्ब ४९ करोड तथा अन्तर्राष्ट्रिय मुद्रा कोषमा ६ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण