स्वास्थ्य बीमा नवीकरणमा नयाँ व्यवस्था : अब एक महिनाअघि नै आवेदन दिनुपर्ने
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरूका लागि बीमा नवीकरणसम्बन्धी नयाँ नियमहरू लागू गरेको छ ।
साउन १ गतेदेखि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२ अनुसार अब बीमितले आफ्नो बीमालेखको म्याद सकिनुभन्दा एक महिना अगावै नवीकरणका लागि आवेदन दिनुपर्ने बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बीमितहरूले विद्युतीय प्रणाली वा दर्ता सहयोगीमार्फत तोकिएको समयभित्रै नवीकरणका लागि निवेदन दिन सक्नेछन् ।नयाँ कार्यविधिअनुसार, विगतमा लक्षित वर्गका लागि हुँदै आएको स्वतः नवीकरणको व्यवस्था पनि हटाइएको छ ।
अबदेखि लक्षित वर्गका सदस्यहरूले पनि तोकिएको कागजातसहित समयमै आफ्नो बीमालेख नवीकरण गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।जारी सूचनामा यदि कुनै बीमितले समयमा बीमालेख नवीकरण नगरेमा र म्याद गुजारेमा कार्यविधिको अनुसूची १ बमोजिम अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
यसले बीमितलाई आर्थिक भार थपिने भएकाले समयमै सचेत रहन बोर्डका जनस्वास्थ्य अधिकृत मल्लद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण