एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले राखे धारणा
काठमाडौँ । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा ४९ जनाले आफ्नो धारणा राखेका छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पहिलो दिन कृष्ण थापा, राजिव पहारी,प्रभा बराल,तिलक महत,बालकृष्ण काउछा रहेका छन् ।
त्यसैगरी गोविन्द नेपाली, सूर्य पाठक, रविन्द्र अधिकारी, रामशरण बस्नेत, पदम गिरी,केदार सिग्देल, सम्झना देवकोटा, कल्पना चापागाईँ, दिवाकर देवकोटा, हरि उप्रेती, प्रतीक्षा तिवारी, प्रभु हजारा, अरविन्द सिंह, सरोज यादव, रमेश पौडेल कल्पना थापा, श्याम बस्नेत, पासाङ शेर्पा, विष्णु रिजाल र विद्या भट्टराई लगायतले पनि धारणा राखेका छन् ।
बैठकमा गण्डकी, मधेस प्रदेश, उपत्यका विशेष कार्यक्षेत्र, सम्पर्क मञ्च कार्यक्षेत्र हुँदै कामको विशेष क्षेत्रका सदस्यहरूले धारणा राखेका हुन् ।
उनीहरुले सचिवालय र पोलिटब्युरो हुँदै आएको प्रस्तावित विधान संशोधनप्रति सहमति जनाउँदै आफ्ना सुझावहरू दिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
धारणा राख्ने अधिकांश नेताहरूले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रियताको विषयलाई गम्भीरता पूर्वक लिँदै यसबारे केन्द्रीय कमिटीले आवश्यक राजनीतिक निर्णय गर्न गर्नुपर्ने बताएका छन् । त्यस्तै उनीहरुले सम्पर्क समन्वय कमिटीलाई सम्पर्क कमिटीमा रूपान्तरण गर्नुपर्नेमा समेत जोड दिएको प्रमुख गौतमले जानकारी दिए ।
बैठक मंगलबार पुन: बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण