यस्तो छ ‘माग्ने राजा’को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’
काठमाडौँ । आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने ‘माग्ने राजा’को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बाल कलाकार रोनिश खड्का फिचर्ड छन् ।
बाबुल गिरीको संगीत, शब्द र स्वर रहेको गीतको एरेन्ज समेत उनकै छ । गिरीलाई चाइल्ड भर्सनमा सिनेमाका कलाकार समेत रहेका रोनिश खड्काले गायनमा साथ दिएका छन् । गम्भीर विष्टको कोरियोग्राफी गीतमा छ ।
फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । उनले यश मार्फत करिब ८ वर्षपछि निर्देशनमा कमव्याक गरेका छन् । फिल्मको प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् ।
‘इच्छा’ रिलिजको लामो समयपछि उनी फिल्म निर्माणमा फर्केका हुन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ ।
नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण