फेस अफ नेपाल २०२५ मा छानिए चार विजेता
काठमाडौँ । सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल २०२५ का विजेता छानिएका छन् । आयोजक एमएस प्रोडक्सन नेपालले आइतबार साँझ हायात रिजेन्सीमा फिनाले गरेर चार विजेतालाई छनोट गरेको हो ।
जसमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदिक्षा श्रेष्ठ र दिव्यश्वरी आचार्य रहेका छन् ।चारैजना विजेताहरूले कोरियामा आयोजना हुने फेस अफ एसियाका लागी नेपालबाट प्रतिनिधित्व गर्न पाउनेछन् ।
आउँदो अक्टोबरमा कोरिया जाने तालिका रहेको फेस अफ नेपालकी राष्ट्रिय निर्देशक मेनुका माझीले जानकारी दिइन् ।माझीले गत वर्ष जस्तै यसवर्ष पनि विजेताहरूले कोरियामा गएर नेपाललाई चिनाउने काम गरेर फर्केनेमा विश्वस्त छिन् । गत वर्षबाट फेस अफ नेपाल एमएस प्रोडक्सन नेपालले आयोजना गर्दै आएको छ । विजेताहरूले १५ लाख बराबरको विभिन्न अवसरसँगै उपहार प्राप्त गरेका छन् ।
फिनालेमा फेस अफ एसियाकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनली उपस्थित भएकी थिइन् । साथै फिनालेमा जज्को रूपमा अन्तर्राष्ट्रिय निर्देशक राउलसँगै कलाकार तथा उद्घोषिका रिमा विश्वकर्मा, मिस नेपाल २००२ माल्भिका सुब्बा, राष्ट्रिय निर्देशक मेनुका माझी, चलचित्र निर्देशक सरोज पौडेल, व्यवसायी मनिष कुमार खेम्का थिए ।
सेसेमी लिम्बुले होस्ट गरेको फेस अफ नेपालको कोरियोग्राफरको रूपमा दिक्पाल कार्की रहेका थिए भने स्मिता भुसाल र विशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए ।
इभेन्ट म्यानेजरको रूपमा प्रज्ववल ताम्राकार र बजार ब्यवस्थापन नितु अग्रवाल खेम्काले गरेकी थिइन् । अफिसियल फोटो ग्राफर निशान्त सरकार र अनवेस देवकोटा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण