‘अलैँची’ पूर्वी नाकाबाट सर्वाधिक निर्यात हुने वस्तु
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट अलैँची सबैभन्दा धेरै निर्यात भयो, जसको मूल्य रु सात अर्ब ६७ करोडभन्दा बढी थियो।
- अलैँचीपछि फलामे पाता, चिया, प्लाइउड, छुर्पी लगायतका वस्तुहरू निर्यात भएका थिए।
- चिया निर्यातमा ३२.५ प्रतिशतले वृद्धि भएको छ, र छुर्पी कुकुर तथा बिरालोको खानाको रूपमा निर्यात हुन्छ।
झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१/८२ मा निर्यात भएका मुख्य दश वस्तुमा ‘अलैँची’ शीर्ष स्थानमा छ । मेची भन्सार कार्यालयले गत आवमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्य बराबरको ४२ लाख ९४ हजार ५५० केलोग्राम अलैँची निर्यात भएको जनाएको छ ।
पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा अलैँचीको उत्पादन हुने गरेको छ । पहाडी जिल्लामा उत्पादित अलैँची प्रशोधित गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात गरिन्छ ।
अलैँचीपछि सर्वाधिक निर्यात भएका दश वस्तुमा फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर पत्ती, मोलासिस, अदुवा र सिमेन्टको क्लिङ्कर रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।
उनका अनुसार गत आवमा रु चार अर्ब ४२ करोड २७ लाख ७२ हजार मूल्य बराबरको तीन करोड ८२ लाख ७१ हजार ८९७ केजी फलामे पाता निर्यात भएको छ । सर्वाधिक निर्यात हुने तेस्रो वस्तुमा चिया रहेको छ । चिया, अलैँची र अदुवा पूर्वी नेपालको नगदे कृषि उत्पादन हुन् । झापा, इलाम र पाँचथरलगायत जिल्ला चियाखेतीका लागि प्रख्यात छन् ।
सोही अवधिमा यही नाका भएर रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको एक करोड ५४ लाख १६ हजार ७५७ केजी चिया निर्यात भएको छ ।
आव २०८०/८१ को तुलनामा गत आवमा चियाको निर्यात ३२ दशमलव ५ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । आव २०८०/८१ मा यहाँबाट रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको एक करोड ३४ लाख ६६ हजार ३६ केजी चिया निर्यात गरिएको थियो ।
चियापछि सर्वाधिक निर्यात हुने वस्तुमा प्लाइउड रहेको छ । गत आवमा रु तीन अर्ब ३२ करोड ८९ लाख ९९ हजार बराबरको प्लाइउड निर्यात भएको छ ।
छुर्पी यस नाकाबाट सर्वाधिक निर्यात हुने वस्तुमा पाँचौँ स्थानमा रहेको छ । दूधबाट बन्ने छुर्पी तेस्रो मुलुकमा कुकुर वा बिरालोको खानाको रूपमा निर्यात हुने गरेको छ । गत आवमा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको आठ लाख १५ हजार ५०५ केजी छुर्पी निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
यहाँबाट निर्यात हुने वस्तुको छैटौँ अम्लिसो, सातौँमा भेनियर पत्ती, आठौँमा मोलासिस, नवौँमा अदुवा र दशौँमा सिमेन्टको क्लिङ्कर रहेको छ ।
गत एक वर्षमा यस नाकाबाट रु ९५ करोड ६६ लाख ७५ हजारको अम्लिसो, रु ९४ करोड ५६ लाख ६० हजारको भेनियर पत्ति, रु ५१ करोड एक लाख ७३ हजारको मोलासिस, रु २९ करोड ६० लाख ९१ हजारको अदुवा र रु २८ करोड ४१ लाख आठ हजारको क्लिङ्कर निर्यात भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण