ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र निर्माण
सारांश
- ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरियो।
- भवन निर्माणमा फुङ्लिङ नगरपालिका र सशस्त्र प्रहरी बलको सहकार्य थियो।
- विभिन्न संघसंस्था र निकायले उद्धार सामग्री सहयोग गरेका छन्।
ताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ । बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्व तयारी तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री व्यवस्थापन गर्न निर्माण गरिएको उक्त केन्द्रको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गरेका हुन् ।
कूल रु आठ लाख ६० हजार ७८८ मा सम्पन्न भवन निर्माणमा फुङ्लिङ नगरपालिकाबाट रु ६ लाख र गुल्मको आन्तरिक स्रोत तथा श्रमदानमार्फत बाँकी रकम व्यवस्थापन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिए। उनका अनुसार उद्धार सामग्री व्यवस्थापनमा विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले सहयोग गरेका छन् ।
मिक्वाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति तथा डिभिजन वन कार्यालय ताप्लेजुङद्वारा विभिन्न उद्धारका सामग्री प्राप्त भएको जनाउँदै उक्त सामग्री पनि भण्डारण गरिएको प्रहरी नायब उपरीक्षक महर्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण