कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा
सारांश
- सरकारले सेवाग्राहीको काम समयमा नगर्ने कर्मचारीलाई सरुवा गरेको छ।
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्प्युटर निर्देशकसहित ३१ जना कर्मचारीको सरुवा गरेको छ।
- प्रधानमन्त्री कार्यालयको छानबिन समितिको सिफारिसको आधारमा सरुवा गरिएको हो।
काठमाडौँ । सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार कम्प्युटर निर्देशकसहित कर्मचारीलाई सरुवा गरेको हो ।
शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीसहित ३१ जना कर्मचारीलाई अन्यत्र निकायमा कामकाज गर्न खटाइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा गठित छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनका आधारमा उक्त निर्णय गरिएको हो ।
उद्योगमन्त्रीस्तरीय निर्णयअनुसार कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन प्रणालीमार्फत गरिएको कम्पनी प्रशासनसम्बन्धी सेवाका सम्बन्धमा प्राप्त गुनासोलाई मध्यनजर गरेर कार्यालयको स्थलगत अनुमगन गरिएको थियो ।
सो कार्यालयको सेवालाई सरल, चुस्त, पारदर्शी र थप प्रभावकारी बनाउने लक्ष्यका मन्त्रिस्तरीय निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिए । सोही निर्णयका आधारमा मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले सो कार्यालयको स्थलगत निरीक्षण गरेको थियो ।
कार्यदल एवं छानबिन समितिबाट नियमित अनुगमन गर्ने तथा कम्पनी ऐन तथा प्रचलित कानुनबमोजिम प्रणालीगत सुधार र प्रक्रियागत सरलीकरण गरी अनलाइन सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउनसमेत कार्यालयलाई निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण