बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

मङ्गलबार, ०६ साउन २०८२, ०४ : ०९
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • गैर आवासीय नेपाली संघले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन गर्ने भएको छ।
  • सम्मेलनले नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने र लगानीको वातावरण बनाउन भूमिका खेल्नेछ।
  • संघले अक्टोबरमा म्याराथन र सेप्टेम्बरमा युएईमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ।

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा ‘एनआरएन डे’ को अवसरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना  गर्ने भएको छ ।

एनआरएन आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आइसिसीका महासचिव बाबुराम (बी आर) लामाले जानकारी दिए ।

नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग  सहकार्य गरी उक्त सम्मेलन आयोजना गरिने सङ्घले  जनाएको छ । सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने महासचिव लामाले बताए।

यसै गरी अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गर्ने र त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय भएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अध्यक्ष श्रेष्ठको अगस्टमा हुने युरोप भ्रमण पनि स्वीकृत गरेको छ । अगस्टमै युरोप स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको र सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिने सङ्घका प्रवक्ता गंगाधर गौतमले बताए । यस्तै सेप्टेम्बरमा आइसिसीले विधान सम्मेलन गर्ने निर्णय पनि गरेको छ । युएईमा सेप्टेम्बर २१ मा विधान सम्मेलन गरी विधानमा अहिले देखिएका वाधाहरू फुकाइने सङ्घले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप