अशक्तलाई घरमै नागरिकता
तनहुँ । जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन । मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आएकी छिन् ।
म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनाको जन्म विसं २०६२ माघ ११ गते भएको थियो । विसं २०६८ मा उनीले आमा गुमाएकी थिइन् । बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपाङ्गता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो । तर उनको नागरिकताको प्रमाणपत्र नहुँदा अपाङ्गता भत्ता भने पाउनबाट वञ्चितभएकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर शारीरिक अपाङ्गता भएकी नवीनालाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराए । उनको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरी औठाछाप लगाउन मात्र बाँकी राखिएको थियो ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, “ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नबीनालाई नागरिकता दियौँ ।” उनले यस्ता कार्यले पीडितहरूको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा विकास भएर जाने उल्लेख गरे । उक्त अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्लेलगायतको उपस्थिति थियो ।
म्याग्दे–१ का अध्यक्ष वाग्लेले नविना नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट वञ्चित भएकामा सबैको पहल र प्रयासले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्न सकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण