भारतबाट २० अर्ब ३५ करोडको धान आयात
मङ्गलबार, ०६ साउन २०८२, ११ : २९
सारांश
- गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गर्यो।
- भन्सार विभागका अनुसार ५ लाख ३१ हजार १४४ टन धान भारतबाट आयात भएको हो।
- बाढी, पहिरो र डुबानले क्षति पुर्याउँदा धान उत्पादन अपेक्षित बढ्न सकेन, यस वर्ष सुख्खाले असर गर्ने देखिन्छ।
काठमाडौँ । नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो ।
उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । चीनबाट भने २ हजार रुपैयाँ बराबरको १० केजी मात्रै आयात गरेको छ ।
गत आर्थिक वर्षको धान रोपाइँ बढे पनि असोज ११ र १२ गते गएको बाढी, पहिरो र डुबानले क्षति पुर्याउँदा धानको उत्पादन अपेक्षित बढ्न सकेको थिएन । यो वर्ष पनि मधेसमा सुक्खा हुँदा धान उत्पादनमा असर पुग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण