मेलुङ गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी
सारांश
- दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ।
- गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताको छ।
- अध्यक्षले 'हिटिङ' क्राइटेरिया राखेर ठेक्का सम्झौता गरेको र आर्थिक लाभ लिएको आरोप छ।
काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो ।
गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेर उनीहरूले भ्रष्टाचार गरेको उजुरकर्ताको आरोप छ । असार २६ मा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०८३०२९ हो । उजुरीकर्ताले इन्जिनियर सञ्जु शिवाकोटी र सुमन नेपालमाथि पनि छानबिन गर्न माग गरेका छन् ।
निर्माण कम्पनीहरूसँग मिलेर गाउँपालिका अध्यक्षले ‘हिटिङ’ भन्ने क्राइटेरिया राखेर ठेक्का सम्झौता गरेको उजुरकर्ताले आरोप लगाएका छन् । गाउँपालिकाको ३ तले २० कोठे भवन गत वर्ष १२ करोडमा ठेक्का सम्झौता भएको थियो ।
चीनको उच्च हिमाली क्षेत्र र हिउँ परिरहने ठाउँमा मात्र भवनमा हिटिङ सिस्टमको क्राइटेरिया राख्ने गरिन्छ । सो सिस्टम अनुसार बटन थिचेपछि तात्ने प्रविधि जडान गरिएको हुन्छ । नेपालमा त्यस्तो विशेषताको लाइसेन्स भएका कम्पनीहरू नगन्य मात्रामा छन् ।
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर आफैँले चाहेको कम्पनीलाई ठेक्का सम्झौता दिने गरी क्राइटेरिया तयार गरेर आर्थिक लाभ लिएको उजुरकर्ताले आरोप लगाएका छन् । उजुरीबारे अख्तियारले छानबिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण