निर्यातमा उछाल ल्याउने यी हुन् १० वस्तु
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातमा ऐतिहासिक उछाल आएको छ । यो वर्ष निर्यात ८१.८० प्रतिशतले बढेको छ भने आयात पनि १३.२५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार, निर्यात २ खर्ब ७७ अर्ब ३ करोड पुगेर रेकर्ड कायम भए पनि आयात १८ खर्ब ४ अर्ब १२ करोड पुग्दा देशले १५ खर्ब २७ अर्ब ९ करोडको विशाल व्यापार घाटा व्यहोरेको छ । निर्यातको यो वृद्धिमा सबैभन्दा ठुलो हिस्सा खाने तेलको रहेको छ ।
सबैभन्दा धेरै खाने तेल निर्यात भएको छ । १ खर्ब २२ अर्ब ६३ करोड बराबरको खाने तेल निर्यात भएको विभागले जनाएको छ । यसैगरी दोस्रोमा २९ अर्ब ३३ करोड बराबरको धागो निर्यात भएको छ ।
तेस्रोमा १६ अर्ब ३५ करोड बराबरको फलाम तथा फलामजन्य सामाग्री निर्यात भएको छ । १४ अर्ब ८५ करोड बराबरको तयारी कपडा निर्यात भएको उल्लेख छ ।
१२ अर्ब २५ करोड बराबरको गलैँचा, ९ अर्ब ४२ करोडको काठजन्य सामग्री, ८ अर्ब ४३ करोड बराबरको पशुजन्य आहार, ७ अर्ब ७४ करोड रुपैयाँको बोटविरुवा, ३ अर्ब ८७ करोडको केमिकल प्रोडक्ट र ३ अर्ब २३ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको छ ।
यी हुन सबैभन्दा धेरै आयात हुने वस्तु
सबैभन्दा बढी आयात हुने वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ आयात भएको छ । यो वर्ष ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
दोस्रोमा १ खर्ब ५६ अर्ब १४ करोड रुपैयाँको तेल र तेस्रोमा १ खर्ब ६२ अर्ब ४९ करोड बराबरको फलाम तथा फलामका सामग्री आयात भएको छ ।
यस्तै क्रमशः सबैभन्दा बढी आयात हुनेमा १ खर्ब २४ अर्ब १५ करोड बराबरको बोइलर मेशिन, १ खर्ब १६ अर्ब ९५ करोड बराबरको इलेक्ट्रिकल मेशिनरी, १ खर्ब ९ अर्ब १२ करोड बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात भएको छ ।
यसैगरी ६० अर्ब ७८ करोड रुपैयाँ बराबरको खाद्यान्न, ६७ अर्ब ३१ करोड बराबरको प्लाष्टिकजन्य सामग्री, ४२ अर्ब ४६ करोड बराबरको फार्माटिकल प्रोडक्ट, ३१ अर्ब २० करोड बराबरको रासायनिक मल, २९ खर्ब ६ करोड बराबरको तेलजन्य बाली, २५ अर्ब ५४ करोड बराबरको पशुजन्य आहार आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण