एमाले केन्द्रीय कमिटी बैठक : विद्याको समर्थनमा बोल्दा नेताको अनुहारमा परिवर्तन
काठमाडौँ । नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । यही क्रममा मंगलबारको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरू किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दीपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना धारणा राखेका छन् । त्यसबाहेक इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टङ्क आङ्बुहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पनि आफ्ना धारणा राखेका छन् ।
बैठकमा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय नेताहरू लामो समय काठमाडौँमै बस्ने गर्दा स्थानीय तहमा जनसम्पर्क कमजोर हुन थालेको बताए । उनले पार्टीले पठाएका जनप्रतिनिधि निजामतीका हाकिम जस्तो चरित्र देखाउन थालेको भन्दै उनीहरूको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरे ।
बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउँदै गएकोले मिसन ०८४ मा समस्या ल्याउनेतर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख समेत गरे । उनले पूर्व राष्ट्रपति विद्या भण्डारीबारे भइरहेको बहसप्रति पनि असन्तुष्टि जनाएको एक केन्द्रीय सदस्यले बताए ।
_tfX7SxH4A1.jpg)
‘पूर्व राष्ट्रपति विद्या भण्डारीप्रति हिलो छ्याप्ने काम राम्रो होइन । उहाँले नेतृत्व लिन्छु भनिरहनु भएको छैन, पार्टी सदस्यता मात्र नवीकरण गरेको भन्दा कोकोहोलो मच्चाउनुपर्ने ? हिलो छ्याप्नुपर्ने ? दुर्वाच्य बोल्नुपर्ने’, उनको प्रश्न थियो । यस्तो व्यवहारले राजनीतिक मर्यादा र ओज बढ्नुको साटो घट्ने भन्दै बास्कोटाले कटाक्ष गरे ।
बास्कोटासँग मिल्दोजुल्दो अर्का सदस्य रामलाल साहको पनि थियो । दीपक कार्कीले नेता केपी ओली नै भए पनि विद्या भण्डारीमाथिको आरोप ठिक नभएको बताएका थिए भने रेनुका काफ्ले र नैनकला ओझाले भण्डारीका विषयमा भइरहेको अनावश्यक तर्क-विर्तकले कहीँ नपुगिने बताए ।
तर, अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताए । उनले सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव दिए ।
केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष र पूर्वराष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पारेकाले आज पनि आपसी समझदारीमै विवादलाई टुङ्ग्याउनु पर्ने धारणा राखिन् ।
बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । बागमतीका सदस्य पार्वती रावल, नविना लामा, कैलाश ढुंगेल लगायतले पनि विद्यामाथिको आक्रमण जायज नभएको सुझाव राखेका थिए ।
‘विद्याको पक्षमा बोल्दा उनी पक्षधर शीर्ष नेताको अनुहार उज्यालो देखिन्थ्यो भने अरूको अनुहार अलि अँध्यारोजस्तो देखिन्थ्यो’, बैठकमा सहभागी एक नेताको भनाइ छ ।
सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस, गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरूले हिजै धारणा राखिसकेका छन् ।
बैठकमा मुख्यतः पार्टी सचिवालय र पोलिटब्युरोले पारित गरेको विधानका विषयमा छलफल भइरहेको छ । केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संशोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण