ओली कम्युनिस्ट भएकाले नेपाल बिग्रिएको भन्ने प्रचार भइरहेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली कम्युनिस्ट भएर नेपाल बिग्रिएको प्रचार भइरहेको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले यस्तै प्रचार गरेर कम्युनिस्ट आन्दोलन कमजोर बनाउन लागिएको बताएका हुन् ।
‘ओली कम्युनिस्ट भएर नेपाल बिग्रिएको हो । कम्युनिस्ट धेरै भएर बिग्रिएको हो । यिनीहरू गरिबीमा मात्र बाँच्छन् । उनीहरुले कम्युनिस्टबाट भएका सुधारलाई पनि दलाल पुँजीवाद स्वीकार गर्न तयार छैनन् । जसरी हुन्छ कम्युनिस्टहरूलाई समाप्त पार्ने खेल नेपालमा चलिरहेको छ’, उनले भने ।
उनले पुष्पलाललाई पनि अवसरवादी छट्टुहरूले नेतृत्वबाट हटाएको आरोप लगाए । नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तिम समयसम्म पनि एकीकृत गराउन प्रयास गरेको विप्लवले स्मरण गरे । यद्यपि पुष्पलालले २००६ सालमा सोचेको अवस्था र अहिले धेरै फरक भएकाले अब कस्तो नेपाल बनाउनेबारे गम्भीर भएर सोच्ने बेला आएको उनले बताए ।
दलाल पुँजीवादीहरू जनतामा पुगेको अलिकति अधिकार पनि मान्न तयार नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण