विद्या भण्डारीलाई एमाले केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले भने : पूर्व राष्ट्रपतिकै हैसियतमा बस्नुस्
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रीय कमिटीका नेताहरूले राखेको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा आफ्नो धारणा राख्नुहुने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गरेको बताए ।
केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले भण्डारीलाई पूर्व राष्ट्रपतिको हैसियतमै बस्न आग्रह गरेको समेत उनले बताए ।
उनले भने, ‘अधिकांश बोल्नुहुने प्रतिनिधिहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल भएको छ । पूर्व राष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभयो । अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीको सदस्यहरूले पूर्व राष्ट्रपतिको हैसियतमै बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणालीको लागि, व्यवस्थाको लागि राम्रो हुँदैन भन्ने कुरा राख्नुभएको छ । यसका बारेमा पार्टीले आवश्यक निर्णय लिनुपर्ने सुझाव राख्नुभएको छ ।’
प्रमुख सचेतक बर्तौलाले आज नै बैठक समापन गर्ने तयारी भइरहेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण