१० बजे १० समाचार : ५ भाइको देउवालाई दबाब, ३ नेताद्वारा वामपन्थी ध्रुवीकरणको सङ्कल्प
आज २०८२ साउन ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- बेलिब्रिज निर्माण
नेपाल–चीन जोड्ने रसुवागढीको मितेरी पुल बाढीले बगाएपछि यतिबेला रसुवागढी नाकाबाट हुने आपूर्ति ठप्प छ । दसैँअघि नै यातायात सुचारु गर्ने लक्ष्यसहित अस्थायी बेलिब्रिज निर्माण थालेको चिनियाँ राजदूतावासले जनाएको छ ।
- प्रधानमन्त्रीको भारत भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने भारत भ्रमणमा जाने सुनिश्चित भएको छ । प्रधानमन्त्री ओलीले आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म दुईदिने भारत भ्रमण गर्ने भएका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएसँगै प्रधानमन्त्री ओलीको भारत भ्रमणको परराष्ट्र मन्त्रालयले तयारी गरेको छ ।
- मधेसमा सुक्खा
तराई मधेसका जिल्लाहरू यतिबेला सुक्खाग्रस्त क्षेत्र घोषित भएका छन् । रोपाइँ गर्ने समयमा पानी नपर्दा रोपाइँ नै हुन नसकेको तथा रोपाइँ भएका स्थानमा समेत सिँचाइ अभावमा धाँजा फाटेको अवस्थाबिच मधेस प्रदेश सरकारले असार २६ गते प्रदेशलाई नै सुक्खा क्षेत्र घोषणा गरेको थियो ।
- एमाले बैठक
नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । यही क्रममा मंगलबारको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।
- वामपन्थी ध्रुवीकरण
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृतिको अवसरमा प्रमुख तीन कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताले वामपन्थी ध्रुवीकरण र एकताको सङ्कल्प गरेका छन् ।
- ५ भाइको देउवा भेट
मंगलबार बिहान साढे १० बजे कांग्रेसका ५ जना नेता सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे । पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले देउवासँग दुई घण्टा छलफल गरे १० विषयमा ।
- ‘तुइनमुक्त कर्णाली’ अभियान
२०७२ सालमा तत्कालीन प्रधानमन्त्री (हाल पनि) केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने महत्वाकांक्षी घोषणा गरेका थिए । तर त्यसयता १० वर्ष बितिसक्यो, आज पनि कर्णालीका नागरिकहरु ज्यानको बाजी लगाएर तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेकै छन् ।
- सहरी विकास मन्त्रालयको एक वर्ष
मंगलबार सहरी विकास मन्त्रालयमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम थियो । दिउँसो १ बजे तय गरेको कार्यक्रममा न त मन्त्री उपस्थित थिए न त सचिव ।
- स्वास्थ्यमन्त्रीको एक वर्ष
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक बर्से प्रगति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी पौडेलले सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि नीतिगत निर्णय गर्नुका साथै स्वास्थ्य बिमा सुधारले नतिजास्वरूप परिवर्तन देखिन थालेको दाबी गरे ।
- वनमन्त्रीको एक वर्ष
वनमन्त्री ऐनबहादुर शाहीले आफ्नो एक बर्से कार्यकाल पूरा गरेको उपलब्धिहरू सार्वजनिक गरेका छन् । एक वर्षमा उनले सबैभन्दा ठुलो उपलब्धि रूख कटानलाई दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण