विप्लवको टिप्पणी– राजनीति भ्रष्टीकरण र लथालिङ्ग हुनुमा मुख्य दोषी माओवादी
सारांश
- विप्लवले माओवादीलाई नेपालको राजनीति अस्थिर र भ्रष्ट बनाएको आरोप लगाए।
- पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै विप्लवले माओवादीको कमजोरी औंल्याए।
- विप्लवले माओवादीले आफ्ना विचार र आदर्शलाई त्यागेको कुरामा जोड दिए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादी रहेको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले अन्यलाई दोष दिएर माओवादी उम्किने ठाउँ नभएको स्पष्ट पारे ।
‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिस्टहरूको दोष छ । मुख्य दोषी माओवादी हो । मैले प्रचण्डसँग भनेको छु–आजको राजनीति यति भ्रष्टीकरण र लथालिङ्ग हुनु । बलिदानी गर्ने, क्रान्तिकारी अपमानित हुने ठाउँमा पुर्याउनेमा सबैभन्दा बढी दोषी माओवादी छ’, उनले भने, ‘त्यसकारण अरूलाई दोष दिएर उम्किने ठाउँ छैन । हामीले आफ्ना विचार, वर्ग, आदर्शलाई छोडेर अर्कोलाई दोष दिन पाउँछौँ ? २०५७ सालका कम्युन कहाँ गए ? बैंकका पैसा कता गए ? हस्पिटल कता गए ? त्यो जनता र कार्यकर्ताको कारणले होइन जनताको कारणले हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण