चौबाटोमा अलमलिइरहेको बटुवा जस्तो भएको छ कम्युनिस्ट आन्दोलन : जनार्दन शर्मा
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको बताए।
- पुष्पलालको जन्मजयन्तीमा शर्माले कम्युनिस्ट आन्दोलनबाट मुक्ति कसरी पाउने प्रश्न उठाए।
- उनले वर्तमान नेतृत्वले जनताको आशा र विश्वास गुमाउने खतरा रहेको बताए।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पुँजीवादी क्रान्तिको चरण पार गरिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको जस्तो भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट आन्दोलनको एक सदस्यको नाताले आफैमाथि प्रश्न गरिरहेको बताएका हुन् ।
चौबाटोमा अलमलिएको कम्युनिस्ट आन्दोलनबाट कसरी मुक्ति मिल्छ ? त्यसको उत्तर दिने बेला आएको उनको भनाइ छ । ‘पुँजीवादी क्रान्तिले एउटा चारण पार गरिसकेपछि चौबाटोमा हराएको बटुवा जस्तो यता जाऊँ कि उता जाऊँ भनेर अलमलिइरहेको कम्युनिस्ट आन्दोलनको एउटा सदस्यको नाताले मैले आफैमाथि प्रश्न गरिराखेको छु’, उनले भने, ‘यो भौतारिँदै गरेको अवस्थाबाट कसरी मुक्ति मिल्न सक्छ ? कुन दिशा अँगाल्ने भनेर प्रश्न अहिले हाम्रो अगाडि आएको छ ।’ उनले थपे, ‘सहिदहरूले गरेको बलिदानी, घाइतेले गरेको त्याग, उत्पीडित वर्ग समुदायले हामी प्रति गरेको विश्वास आफैलाई निहालेर हेर्दा हामीले कति घोकाएका कति आफै जानेका आश्वासन बाँड्दै आन्दोलनलाई अगाडि बढाइरहेका क्षणलाई सम्झँदै यति बेला म आफै आन्दोलनको कठघरामा उभिएको मैले महसुस गरेको छु । यो कठघराबाट हामीले प्रश्नको जवाफ दिन सक्छौँ कि सक्दैनौँ ?’
शर्माले वर्तमान नेतृत्वका सहयात्री योद्धाहरू पनि भएकाले उत्तर नदिँदा नेपाली जनताको आशा र विश्वास कम्युनिस्ट आन्दोलनप्रति हराउँदै जाने खतरा रहेको बताए ।
उत्तर दिँदा कतिपयलाई मन नपर्ने भए पनि इतिहासप्रति बेइमानी गर्न नहुने उनले स्पष्ट पारे । ‘यो व्यक्ति विशेषको कुरा होइन । यो वर्ग, आन्दोलनप्रति विश्वास, सङ्कल्पको कुरा हो । पुष्पलालले सर्वहारा वर्गको अग्रदस्ता निर्माणमा भूमिका खेल्नुभयो । युवा अवस्थामा कफन बाँधेर हजारौँ योद्धाका बिचमा यो लडाइँ लड्यौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण