बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सङ्घीयता सबलीकरण समिति बैठक

पूर्व पश्चिम रेलमार्ग आयोजना निल्नु न ओकल्नु भयो : मन्त्री दाहाल

बुधबार, ०७ साउन २०८२, १४ : ३४
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम विद्युतीय रेलमार्ग निल्नु न ओकल्नु भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाअन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सबलीकरण समितिमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा भएको छलफलमा बोल्दै  उनले यस्तो बताएका हुन् । 

‘पूर्व–पश्चिम रेलमार्ग हाम्रो ड्रिम नै हो। त्यो गर्नै पर्छ हामीहरूले। यो पूर्व–पश्चिम रेलमार्ग भन्ने बित्तिकै चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म मात्रै होइन। योचाहिँ के हो त भन्दा दक्षिणपूर्वी एसिया अथवा एसियासँगको कनेक्टिभिटीको कुरा हो,’ उनले भने, ‘सबैभन्दा सस्तो यातायातको साधन भनेको पानीजहाज हो, त्यसपछाडि रेल नै हो। त्यसो हुँदाखेरि रेललाई हामीले कुनै न कुनै समयमा सञ्चालन गर्नै पर्छ र पूर्व–पश्चिम रेलमार्ग हामीले सञ्चालन गर्नै पर्छ। तर अहिले निल्नु न ओकल्नुको अवस्थामा पुग्यो ।’ 

मुआब्जाको समस्याका कारण सो आयोजना अघि बढ्न नसकेको उनले बताए  ।  ‘जनताको जग्गा चार–पाँच वर्ष भइसक्यो होल्ड गरेर राखेका छौँ। न हामी मुआब्जा दिन सक्छौँ, न केही गर्न सक्छौँ,’ उनले भने– ‘अहिले वैकल्पिक उपायबारे हामी स्टडी गरिरहेका छौँ।’

पूर्व–पश्चिम रेलमार्गलाई अगाडि बढाउने भन्ने नेपाल सरकारले मात्रै होइन, यो संसदले नै निर्णय गरिसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप