अडियो घुसकाण्डमा संलग्नलाई पक्राउ गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई चुनौती
बुधबार, ०७ साउन २०८२, १४ : ४१
सारांश
- सांसद ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा मुछिएका पूर्व र बहालवाला मन्त्रीलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्रीलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।
- शाहीले सरकारले घटना ढाकछोप गर्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठाएका छन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा मुछिएका पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै शाहीले नैतिकताको प्रश्न उठाउँदै उनले यसबारे तत्काल कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । बुधबार शाहीले आफ्नो पोस्टमा भनेका छन्, ‘अलिकति मात्र नैतिकता बाँकी छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखेर छानबिन गर्नुपर्छ।’
उनले खुला रूपमा घुस लिएको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले ढाकछोप गर्न खोज्नुले प्रधानमन्त्री र उनको सचिवालयमाथि नै प्रश्न उठेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण