जापानी प्रधानमन्त्रीमाथि बढ्यो राजीनामाकाे दबाब
बुधबार, ०७ साउन २०८२, १४ : ५७
टोकियो । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले आफूले राजिनामा दिने निर्णय गरेको खबरको खण्डन गरेका छन् ।
यसअघि सञ्चारमाध्यमहरूले माथिल्लो सदनको निर्वाचनमा पार्टीको हारपछि इशिबाले राजीनामा दिने योजना बनाएको भन्दै खबर छापेका थिए । खबरमा उनले छिटोमा यही महिना राजीनामा दिन सक्ने भनिएको थियो ।
बुधबार पार्टीको मुख्यालयमा पत्रकारहरूसँग बोल्ने क्रममा उनले भने, ‘मैले कहिले यस्तो अभिव्यक्ति दिएको छैन, सञ्चारमाध्यमले भनेको यो कुरा पूर्णतः निराधार छ ।’
मंगलबार इशिबा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता सार्वजनिक गरेका थिए । यसले अमेरिका भित्रिने जापानी अटोमा कर घटाउने छ भने अन्य वस्तुमा लगाइने करमा पनि जापानलाई छुट दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण