खाद्य सङ्कटको चिन्ताबिच कृषि मन्त्री र सचिवको विदेश भ्रमण
काठमाडौँ । सरकारले मधेस प्रदेशका आठवटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।
मधेस प्रदेशका आठ वटा जिल्लामा सुख्खाका कारण खानेपानी, सिँचाई तथा कृषि क्षेत्रमा विपद्को अवस्था सिर्जना भएकोले मधेस प्रदेशभर सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । नेपालको अन्नको भण्डार भनेर चिनिने मधेस सहित तराई क्षेत्रमा असार सकिँदा आधा पनि रोपाइँ हुन सकेको छैन । कृषि विज्ञहरू नेपालमा यसले ठुलो खाद्य सङ्कट ल्याउने चिन्ता व्यक्त गरिरहेका छन् ।
तर कृषि तथा पशुपन्छी विकास मन्त्री र सचिवको विदेश भ्रमणको लागि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । कृषि मन्त्री रामनाथ अधिकारी साउन १२ र १३ गते इथियोपिया भ्रमणमा जाने तय भइसकेको छ । अधिकारी ‘सेकेन्ड युनाइटेड नेसनल फुड सिस्टम समिट स्टकटेक’मा सहभागी हुन जान लागेका हुन् ।
यस्तै साउन ८ देखि १० गतेसम्म कृषि सचिव डा. गोविन्द शर्मा चिन भ्रमण जाँदैछन् । चीनको सान्दोङ प्रान्तमा हुने ‘२०२५ इन्टरनेसनल कन्फ्रेन्स अन रिड्युसिङ फुड लस एण्ड वेस्ट’ सचिव शर्मा जान लागेको हुन् । ४ साउनको मन्त्रीपरिषद्को बैठक निर्णयले दुवै पास गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण