अहिलेको मुख्य समस्या व्यक्तिवाद हो : माधव नेपाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको मुख्य समस्या व्यक्तिवादी भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले व्यक्तिवाद अन्त्य आवश्यक रहेको बताए ।
‘अहिलेको समस्या व्यक्तिवाद हो । सामूहिकताको अभाव हो । सङ्कीर्णता हो । पार्टीभित्र गुटबन्दी गर्ने होइन । पार्टी हित विपरीत भाषण गर्ने होइन । सङ्कीर्णता अन्त्य गर्नु आजको आवश्यकता हो । सामूहिकतालाई ध्यान दिएर अगाडि बढे कम्युनिस्ट पार्टीको भविष्य राम्रो छ’, उनले भने ।
उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरू एक ठाउँमा बसेर छलफल गर्ने हो भने धेरै कुराको समाधान हुने जिकिर गरे ।
नेपालले अलग अलग पसल थापेर बस्नु आवश्यक नभएको बताए । पुष्पलालले जहिल्यै पनि नेता प्रधानभन्दा नीति प्रधानको पक्षमा उभिएको नेता भएको स्मरण गरे ।
आफूलाई क्रान्तिकारी ठान्ने अन्य सबैलाई गद्दार देख्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा समस्या आएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण