नेप्से
किनिएको सेयर तत्कालै बेच्न पाउने व्यवस्था गरिँदै
बुधबार, ०७ साउन २०८२, १६ : २२
सारांश
- नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ देखि इन्ट्रा-डे कारोबारको व्यवस्था गर्ने भएको छ।
- इन्ट्रा-डे कारोबारले एकै दिनभित्र सेयर खरिद बिक्री गर्न मिल्ने बनाउँछ।
- अहिलेको टिप्लसटू प्रणालीमा सेयर राफसाफ हुन २ दिन लाग्ने गर्छ, तर इन्ट्रा-डेमा दिनभरको खुद शेयरको मात्रै रकम भुक्तानी गर्नुपर्छ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले इन्ट्रा–डे कारोबार गर्न व्यवस्था गर्ने भएको छ । बोर्डले ल्याएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।
एकै दिनभित्र एउटै सेयर पटक पटक खरिद बिक्री गर्न सकिने व्यवस्थालाई ‘इन्ट्रा डे’ कारोबार भनिन्छ । अहिले खरिद बिक्री गरिएको सेयर राफसाफ भई सम्बन्धित व्यक्तिको खातामा आएपछि मात्रै पुनः कारोबारका लागि योग्य भएको मानिन्छ ।
अहिले टिप्लसटू कारोबार प्रणाली छ । यसको अर्थ कारोबार गरिएको सेयर राफसाफ हुन २ दिन लाग्छ । इन्ट्रा–डे कारोबार हुँदा दिनभर कारोबार भएकोमध्ये खरिद गरिएको र बिक्री गरिएको शेयरको खुद शेयरको मात्रै रकम भुक्तानी गर्नुपर्छ ।
अहिले प्रत्येक कारोबारको छुट्टाछुट्टै भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण