नेपाल इन्फास्ट्रक्चर बैंकको नाफामा गिरावट, लाभांश क्षमता भने बढ्यो
सारांश
- नेपाल इन्फास्ट्रक्चर बैंकको आर्थिक वर्ष २०८१/८२ मा नाफा घटेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
- बैंकको ब्याज आम्दानी घट्नु र ब्याज खर्च बढ्नु नाफा घट्नुको मुख्य कारण हो, तर इम्पेरिमेन्ट चार्ज नकारात्मक रहेको छ।
- बैंकले ७ अर्ब ६८ करोड रुपैयाँ रकम सङ्कलन गरी २४ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।
काठमाडौँ । नेपाल इन्फास्ट्रक्चर बैंकको नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा निफ्राले १ अर्ब १४ करोड नाफा कमाएको छ जुन अघिल्लो वर्षको भन्दा करिब १८ करोड ४० (१३.८४ प्रतिशत) लाख रुपैयाँ कम हो ।
अघिल्लो वर्ष निफ्राको नाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । निफ्राको व्याज आम्दानी घट्नु र ब्याज खर्च बढ्नुलाई नाफा घट्नुको प्रमुख कारण मानिएको छ । अघिल्लो वर्ष २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको यो वर्ष यस्तो नाफा १ अर्ब ८९ करोडमा झरेको छ ।
यद्यपि यो वर्ष बैंकको इम्पेरिमेन्ट चार्ज नकारात्मक रहेको छ । यसले बैंकको नाफा गिरावट कम गर्न सहयोग गरेको जस्तो देखिन्छ । अहिले बैंकसँग अहिले २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकले हाल ७ अर्ब ६८ करोड रुपैयाँ रकम सङ्कलन गरी २४ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
यो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष ६६ करोड रुपैयाँ मात्रै रहेको थियो । अघिल्लो वर्ष ६६ करोड रुपैयाँ नकारात्मक रहेको नियामकीय रिजर्भ यो वर्ष ३ करोड सकारात्मक रहेको छ ।
बैंकको पुँजीकोष अनुपात ७८.२३ प्रतिशत, कस्ट अफ फण्ड ६.५१ प्रतिशत तथा सीडी रेसियो ६५.२५ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण