नेपाल–भारत गृह सचिवस्तरीय वार्ता : द्विपक्षीय सुरक्षा सहकार्य थप सुदृढ गर्ने सहमति
काठमाडौँ । भारत र नेपालको गृह सचिवस्तरीय वार्ता बुधबार भारतको राजधानी दिल्लीमा सम्पन्न भएको छ ।
वार्ताका क्रममा दुवै देशबिचको समग्र द्विपक्षीय सुरक्षा सहकार्य र सीमासम्बन्धी व्यवस्थाको समीक्षा गरिएको थियो भने उक्त सहकार्यलाई अझ सशक्त र प्रभावकारी बनाउने विषयमा सहमति पनि जुटाइएको गृह मन्त्रालयले जनाएको छ ।
वार्तामा सिमाना स्तम्भहरूको मर्मत तथा संरक्षण, सिमापार आपराधिक गतिविधि नियन्त्रण, सीमा जिल्ला समन्वय समितिहरूको कार्यसम्पादन, एकीकृत जाँच चौकी, सडक तथा रेल सञ्जालजस्ता सीमावर्ती पूर्वाधारको सुदृढीकरण, सुरक्षा सम्बन्धी निकायहरूको सशक्तीकरण तथा क्षमता अभिवृद्धि, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनजस्ता विषयमा गहन छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।
दुवै पक्षले ‘फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सम्बन्धी समझदारीपत्र’को मस्यौदा अन्तिम चरणमा पुगेको उल्लेख गर्दै परिमार्जित प्रत्यर्पण सन्धिको चाँडो टुङ्गो लगाउने दिशामा अघि बढ्ने सहमति भएको बताइएको छ ।
नौ वर्षपछि बसेको दुई पक्षीय वार्तामाआगामी गृह सचिवस्तरीय बैठक नेपालमा पारस्परिक सहमतिमा तय गरिने मितिमा आयोजना गर्ने सहमति समेत गरिएको छ ।
वार्तामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारका गृह सचिव गोविन्द मोहनले तथा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकारका गृह सचिव गोकर्णमणि दुवाडीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण