एयर इन्डिया विमान दुर्घटनामा मारिएका ब्रिटिश नागरिकका परिवारको दाबी– हामीलाई गलत शव दिइयो
नयाँ दिल्ली । १२ जुनका दिन भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा मारिएका ब्रिटिश नागरिकका परिवारले आफूहरूलाई आफन्तको भनेर अर्कैको शव दिइएको दाबी गरेका छन् ।
ब्रिटिश मिडिया ‘डेली मेल’लाई उद्धृत गर्दै भारतीय मिडिया ‘टाइम्स अफ इन्डिया’ले जनाएअनुुसार अहिलेसम्म यस्ता दुईवटा घटना प्रकाशमा आएका छन् ।
पीडित परिवारले आफन्तको शवलाई भारतबाट ब्रिटेन पठाउनु अघि गलत पहिचान गरिएको आरोप लगाएका हुन् । बेलायतमा गरिएको डीएनए परीक्षणका क्रममा आफन्तले आफूलाई गलत शव दिइएको पत्ता लागेको बताइएको छ ।
भारतले यसबारे औपचारिक प्रतिक्रिया दिँदै यस घटनासँग सम्बन्धित कुनै पनि चिन्ता समाधान गर्न ब्रिटेनका अधिकारीहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले यसबारेको रिपोर्ट हेरेका छौँ । हामी ब्रिटेनसँग मिलेर काम गरिरहेका छौँ ।’
उनले सम्बन्धित अधिकारीद्वारा स्थापित प्रोटोकल र प्राविधिक आवश्यता अनुसार पीडितको पहिचान गरिएको पनि खुलाएका छन् ।
अहमदाबादबाट लन्डनका लागि उडेको केहीबेरमै एयर इन्डियाको विमान १२ जुुनका दिन दुर्घटना भएको थियो । विमानमा सवार २४१ मध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटना भएको क्षेत्रमा रहेका अन्य १९ जना पनि मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण