चीनमा फसेका नेपालीलाई भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोजेर काठमाडौँ पठायो
सारांश
- असार २४ गतेको बाढीले चीनमा फसेका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइयो।
- बाढीले मितेरी पुल बगाएपछि रोकिएका २०५ जना नेपालीलाई फर्काउन बसको व्यवस्था गरियो।
- भोटेकोशी गाउँपालिकाले खानपिन र स्वास्थ्य परीक्षणको व्यवस्था मिलायो, जसमा २ बालबालिका पनि थिए।
सिन्धुपाल्चोक । नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाकाबाट स्वदेश फर्काइएको छ ।
बाढीका कारण रसुवामा रहेको नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज बुधबार सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काएको हो ।
उनीहरूलाई तातोपानीबाट काठमाडौँ आउनका लागि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए ।
उनीहरूलाई काठमाडौँ ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको मेयर बस्नेतले बताए । ‘बाह्रबिसे नगरपालिकाले चार वटा गाडिको व्यवस्था गर्यो’ मेयर बस्नेतले भने ‘बाँकी ३ वटा केदार क्षेत्रीले पूर्वअरनिको यातायात समितिबाट मिलाउनु भएको हो ।’
भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार उनीहरूलाई खानपिनका लागि पनि तातोपानीमा नै व्यवस्था गरिएको थियो । उनीहरूले खाएको खाना भोटेकोशी गाउँपालिकाले व्यवस्था गरेको हो । भोटेकोशी गाउँपालिकाले फर्किएकाहरूको स्वास्थ्य परिक्षण गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०५ नेपाली रहेका छन् । जसमा दुई जना बालबालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण