पहिरो पन्छाएपछि केआई सिंह राजमार्ग पुनः सञ्चालनमा
बिहीबार, ०८ साउन २०८२, ०६ : ५१
सारांश
- डडेलधुराको गन्यापधुरामा पहिरो खस्दा डडेलधुरा-दिपायल-बाजुरा-अछाम जोड्ने राजमार्ग अवरुद्ध भयो।
- पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ, जसले गर्दा यात्रु र सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
- राजमार्ग अवरुद्ध हुँदा गएरातिदेखि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको थियो।
धनगढी । डडेलधुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा अवरुद्ध भएको डडेलधुरा–दिपायल–बाजुरा–अछाम जोड्ने केआई सिंह राजमार्ग पुन सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै बिहानबाट राजमार्ग सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार रडुवा स्थित खोलामा पहिरो खसेका कारण राजमार्गमा गएरातिदेखि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको थियो ।
पहिरो पन्छाएसँगै अलपत्र सवारीसाधन तथा यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण