आगामी निर्वाचनमा राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छ : अध्यक्ष ढकाल
बिहीबार, ०८ साउन २०८२, १७ : ०१
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने कुरा हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित राइजिङ नेपाल समिट २०२५ को अवसरमा उनले यस्तो बताएका हुन् ।
राजनीतिक दलहरू मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरूको एजेण्डा बन्नुपर्ने बताए । उनले राजनीतिक दलहरूले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्ने कुरा प्राथमिकतामा राख्नुपर्ने बताए ।
अध्यक्ष ढकालले हरेक नेपालीले आज रोजगारी खोजिरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण