कम्युनिस्ट आन्दोलन र नेतृत्वको विचलनबारे माधव र विप्लवबिच छलफल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव एवं समाजवादी मोर्चाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच कम्युनिस्ट आन्दोलनाई नयाँ ढंगले अगाडी बढाउने सम्बन्धमा छलफल भएको छ ।
कम्युनिस्ट आन्दोलन र नेतृत्वमा देखिएको विचलन, भ्रष्टीकरण, निराशालाई चिर्नेगरी अगाडि बढ्नेबारे दुई शीर्ष नेताबिच छलफल भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । नेपाललाई भेट्न विप्लव र विश्वकर्मा बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए ।
‘कम्युनिस्ट पार्टीमा पछिल्लो समय विचार, राजनीति लिडरशिपमा देखिएको विचलन, विभाजन, निराशा, अस्वस्थ प्रतिस्पर्धाले हाम्रो आन्दोलनलाई कमजोर बनायो । यसबारे ठोस निष्कर्ष निकालेर नीति तथा कार्यक्रम बनाउँ भन्नेबारे छलफल भयो । त्यसका लागि दुई–तीन दिनमा बैठक बसौं भन्ने समझदारी भएको छ’, उनले भने ।
कम्युनिस्ट आन्दोलनमा देखिएको समस्या र समाधानको बारेमा गम्भीर छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको उनले जिकिर गरे । यस्तै पार्टी एकता, धु्रवीकरणको विषयमा पनि छलफल नभएको विश्वकर्माले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण