एकै दिन एयर इन्डियाका ११२ पाइलट बिरामी !
शुक्रबार, ०९ साउन २०८२, १२ : ०३
सारांश
- एयर इन्डियाका ११२ पाइलटले एकै दिन बिरामी बिदा लिएको तथ्य सार्वजनिक भयो।
- अहमदाबादमा भएको विमान दुर्घटनापछि पाइलटहरूले बिदा लिने क्रम बढेको छ।
- नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले लोकसभामा यस विषयमा जानकारी दिए।
नयाँ दिल्ली । एयर इन्डियाका पाइलटहरूले बिरामी बिदा लिने क्रम बढ्न थालेको छ । एकै दिन सो एयरलाइन्सका ११२ पाइलटले बिरामी बिदा लिएको तथ्य प्रकाशमा आएको हो ।
अहमदाबादमा भएको विमान दुर्घटनापछि एयर इन्डियाका पाइलटले बिरामी बिदा लिने क्रम बढेको देखिएको छ । भारतका नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले यो तथ्य उजागर गरेका हुन् ।
लोकसभामा एक सदस्यले ‘ठुलो संख्यामा एयर इन्डियाका चालक दलका सदस्यले बिरामी बिदा लिएका हुन् ?’ भनेर प्रश्न गरेका थिए । सो प्रश्नको जबाफ दिँदै राज्यमन्त्री मोहोलले पाइलटहरूले बिरामी बिदा लिने क्रम केही बढेको बताए ।
अहमदाबाद विमान दुर्घटना भएको चार दिनपछि अर्थात् १६ जुनमा ५१ कमान्डर र ६१ फस्ट अफिसर गरी जम्मा ११२ पाइलटले बिरामी भएको सूचना दिएको राज्यमन्त्री मोहोलले संसदमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण