कांग्रेस पदाधिकारी बैठकमा उठेन मन्त्री फेरबदलको विषय
सारांश
- नेपाली कांग्रेसको बैठकमा मन्त्री फेरबदलको विषय उठेन।
- बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल भयो, जसमा वस्तुस्थितिबारे जानकारी गराइयो।
- उपनिर्वाचनमा उम्मेदवारको बारेमा भने बैठकमा कुनै कुरा भएन।
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी–पूर्वपदाधिकारी बैठकमा मन्त्री फेरबदल गर्ने विषय उठ्दै उठेन ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा मन्त्री फेरबदलबारे कुरा नउठेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘मन्त्री फेरबदलको विषय बैठकमा उठ्दै उठेन,’ केसीले बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग भने ।
बैठकमा रुपन्देही–३ को उपनिर्वाचनबारे छलफल भएको केसीले बताए । पदाधिकारी बैठकमा रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र ०७९ मा रुपन्देही ३ मा तत्कालिन गठबन्धनबाट उम्मेदवार रहेका बालकृष्ण खाणले त्यहाँको बस्तुस्थितबारे नेताहरूलाई जानकारी गराएको केसीले जानकारी दिए ।
‘मुख्यगरी बैठकमा उपनिर्वाचन हुन लागेको रुपन्देही–३ को बारेमा छलफल भयो । रुपन्देही सभापति लुम्बिनी प्रदेश सभापतिले त्यहाँको बस्तुस्थितबारे जानकारी गराउनुभयो,’ केसीले भने ।
उम्मेदवार कसलाई बनाउने भन्नेबारे भने बैठकमा कुरा भएन । केसीले ०७९मा उम्मेदवार रहेका खाण पनि पुनः उम्मेदवार हुन सक्ने र अर्को उम्मेदवार पनि हुन सक्ने सम्भावना रहेको तर आजको बैठकमा उम्मेदवारबारे कुरा नभएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण