वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
सारांश
- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गर्ने ५ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूले जर्मनी, जर्जिया, ग्रीस र कोरिया पठाउने भन्दै विभिन्न व्यक्तिहरूबाट लाखौं रुपैयाँ ठगी गरेका थिए।
- पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–४ घर भएका ३५ वर्षीय साजन गुरुङ, ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने रुपन्देही तिलोत्तमा नगरपालिका–१ घर भएका ३६ वर्षीय दीपक थापा, काठमाडौँ कागेश्वरी मनोहरा नगपालिका–५ बस्ने दाङ घोराही उपमहानगरपालिका–१५ घर भएका ४७ वर्षीय टेकबहादुर केसी, ललितपुर महानगरपालिका–२३ बस्ने स्याङ्जा वालिङ नगरपालिका–७ घर भएका ५० वर्षीय भरतप्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने पर्वत विहादी गाउँपालिका–४ घर भएका ३८ वर्षीय प्रेमप्रसाद भुसाल रहेका छन् ।
पक्राउमध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ८० हजार रुपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रुपैयाँ, टेकबहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २१ लाख रुपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रुपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साजन र टेकबहादुरलाई काठमाडौँ महानगरपालिका–२६ बाट तथा दीपकलाई काठमाडौँ महानगरपालिका–३० बाट बुधवार, भरत र प्रेमलाई ललितपुर महानगरपालिका१५ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण