कुलिङ अफ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थपियो
सारांश
- निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे छानबिन गर्न बनेको विशेष समितिको म्याद सात दिन थपिएको छ।
- संसदीय समितिले निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीको नियुक्तिबारे छानबिन गर्दैछ।
- समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो, जुन साउन ११ गते सकिएको थियो।
काठमाडौँ । निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको म्याद सात दिन थपिएको छ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले समितिको म्याद सात दिन थप्नका लागि गरेको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
यसअघि समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन २१ दिनको समय दिइएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिएकाले ७ दिनका लागि म्याद थपिएको हो ।
समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी‘कुलिङ अप पिरियड’ को व्यवस्था विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेपछि समिति बनाइएको थियो ।
यसबारे समितिमा हङ्गामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेपछि कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा समिति बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण